पूँजी जुटाउने कसरतले बीमा कम्पनीका लगानीकर्ता घाटामा, बजार कहिले बढ्ला
काठमाडौं। पूँजी बृद्धि योजनाको अन्तिम कसरतमा रहेका पुराना जीवन बीमा कम्पनीको बजार मूल्य विगत तीन वर्षको अवधिमा पाँच गुणासम्मले घटेको छ।
तीन वर्ष अगाडि सबैभन्दा महँगा पाँच निर्जीवन बीमा कम्पनीको बजार मूल्य चालु आर्थिक वर्षमा पाँच गुणाभन्दा धेरैले घटेको छ।
पूँजी जुटाइकेका बीमा कम्पनीको बजार मूल्य भारी अंकले गिरावट भएपनि पूँजी जुटाउन बाँकी बीमा कम्पनीको बजार मूल्य तुलनात्मक रुपमा माथि नै छ।
गत आर्थिक वर्षमा बीमा समितिले जीवन र निर्जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पूँजी बृद्धि गर्न निर्देशन दिएको थियो। समितिले जीवन बीमा कम्पनीका लागि २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीका लागि एक अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो।
समितिले पूँजी जुटाउन निर्देशन दिनुभन्दा अगाडि नै बीमा कम्पनीको बजार मूल्यले अधिकतम उचाइ लिइसकेको थियो। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालार्इ पूँजी बढाउन निर्देशन दिएसँगै बीमा कम्पनीहरुको पनि पूँजी बृद्धि योजना आउने भन्दै कम्पनीको बजार मूल्य आकासिएको थियो।
पूँजी बढाउन केही ब्लुचिप कम्पनीहरु बाहेक सबैले हकप्रदको बाटो रोजेका थिए। अझै पनि अधिकांश बीमा कम्पनीले तोकिएको पूँजी जुटाउन बाँकी छ।
पूँजी जुटाउन बाँकी भएतापनि दोस्रो बजारमा लगातार गिरावट आउँदा बीमा कम्पनीले पूँजी बृद्धि योजना सार्वजनिक गरेर कार्यान्वयन गर्ने क्रममा बजार भने घट्न थालिसकेको थियो।
नेप्से सूचक अधिकतम बिन्दु १८८१.४२ हुँदा बीमा समितिले पूँजी बृद्धि योजना सार्वजनिक गरेको थिएन। नेप्से सूचक अधिकतम बिन्दु २०७३ साउनमा कायम भएको थियो तर बीमा समितिले पूँजी बृद्धि योजना भने २०७३ चैत्रमा सार्वजनिक गरेको थियो।
पूँजी बृद्धि योजना ल्याउँदा बीमा कम्पनीको बजार मूल्य झण्डै आधाले घटिसकेको थियो। बैंक तथा वित्तीय संस्थाको पूँजी बृद्धि योजनाले दोस्रो बजारमा आपुर्ति बढ्दै जाँदा बजार घट्न थालिसकेको थियो। साथै बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले ह्वात्तै बढेको ब्याज दरको प्रभाव शेयर बजारमा प्रत्यक्ष देखिएको थियो।
शेयर बजार सबैभन्दा उच्च विन्दुमा रहेको दिन नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य ४ हजार २० रुपैयाँ थियो। त्यसयताको उतार चढावमा शेयर मूल्य सबैभन्दा कम ९१० रुपैयाँसम्म झर्यो।
अघिल्लो दुर्इ वर्षको अवधिमा नेपाल लाइफले क्रमश: २४ र ४२ प्रतिशत बोनस शेयर दियो। त्यस्तै बाँकी जीवन बीमा कम्पनीहरुको पनि यस्तै अवस्था रहेको देखिन्छ। बोनस शेयर दिन नसकेका गुराँस, सूर्या, प्राइम, एशियन लाइफ इनस्योरेन्सले हकप्रद निष्काशन गरेका छन्।
यी कम्पनीमध्ये सूर्या, एशियन र गुराँस लाइफका लगानीकर्ता अन्य कम्पनीको शेयरधनी अहिलेसम्मको अवस्थामा नाफामा छन्।
बीमा समितिले तोकेको पूँजी जुटाउने क्रममै रहेको हुँदा यी कम्पनीको बजार मूल्य भारी अंकले घटेको भने छैन।
शिखर इन्स्योरेन्स कम्पनी
शेयर बजारमा १५ वटा निर्जीवन बीमा कम्पनी सूचीकृत छन्। शेयर बजार सबैभन्दा अधिकतम विन्दुमा हुँदा शिखर इन्स्योरेन्सको बजार मूल्य ३७ सय ९६ रुपैयाँ थियो।
चालु आर्थिक वर्षमा अधिकतम सूचक भएको दिनमा पनि ९७९ रुपैयाँमा कारोबार भयो। यस अवधिमा कम्पनीले प्रदान गरेको लाभांश हिसाव गर्ने हो भने लगानीकर्ता लगभग ५० प्रतिशतले नोक्सानमा छन्।
प्रिमियर इन्स्योरेन्स कम्पनी
शेयर बजार अधिकतम बिन्दुमा हुँदा प्रिमियर इन्स्योरेन्सको बजार मूल्य २५३० रुपैयाँ थियो। त्यसयता सूचक तलमाथि हुने क्रममा सबैभन्दा कम ७१० रुपैयाँमा कारोबार भयो।
साथै चालु आर्थिक वर्षमा प्रिमियरको सबैभन्दा धेरै ११७० र न्यूनतम ९९३ रुपैयाँमा कारोबार भयो। साथै दुर्इ वर्षको अवधिमा २० र १३.५२ प्रतिशत बोनस शेयर प्राप्त गरेका थिए।
सिद्धार्थ इन्स्योरेन्स कम्पनी
शेयर बजार सबैभन्दा धेरै उच्च विन्दु कायम भएका दिनमा सिद्धार्थको बजार मूल्य २५१६ रुपैयाँ थियो। त्यसपछिको उतारचढावका बीचमा न्यूनतम ६४० रुपैयाँसम्ममा कारोबार भयो।
यसै अवधिमा बोनस शेयर क्रमश २० र ३० प्रतिशत बोनसकासाथै हकप्रद शेयर क्रमश १९.२३ र ३५ प्रतिशत प्रदान गरेको थियो।
बीमा समितिले तोकेको पूँजी लगभग जुटाएका बीमा कम्पनीका शेयरधनी अहिलेको अवस्थामा घाटामा छन्। तर अझै पूँजी जुटाउने क्रममा रहेका बीमा कम्पनीका शेयरधनी अहिले पनि नाफामै रहेका छन्।
सगरमाथा इन्स्योरेन्स
शेयर बजार सबैभन्दा उच्च विन्दुमा रहेको दिनमा सगरमाथाको बजार मूल्य २४७६ रुपैयाँ थियो। त्यसै वर्ष बजार घटेर १२५२ मा झर्दा कम्पनीको मूल्य ७७७ रुपैयाँसम्म झर्यो। चालु आर्थिक वर्षमा सबै भन्दा अधिकतम सूचक हुँदाका दिनमा कम्पनीको बजार मूल्य १३४२ रुपैयाँ रहेको छ।
यसै अवधिमा कम्पनीले २२ प्रतिशत बोनस शेयर प्रदान गरेको छ। बीमा समितिले तोकेको चुक्ता पूँजीकालागि बोनस शेयरको बाटो रोज्ने बताउँदै आएको कम्पनीको बजार मूल्य अन्य कम्पनीको भन्दा तल झरेको छैन।
एनएलजी इन्स्योरेन्स कम्पनी
शेयर बजार सबैभन्दा उच्च विन्दुमा रहेको बेलामा २२ सय २० रुपैयाँ थियो। चालु आर्थिक वर्षमा सबैभन्दा कम सूचक भएका दिनमा ८ सय १६ रुपैयाँसम्म झर्यो। यसै अवधिमा कम्पनीले दुर्इ पटक नै २५/२५ प्रतिशतका दरले बोनस शेयर प्रदान गरेको छ। बोनस शेयर पाउदा पनि कम्पनीका शेयरधनी लगभग ४५ प्रतिशतले घाटामा छन्।
राष्ट्रिय बीमा कम्पनी
बीमा कम्पनीहरुमध्ये सबैभन्दा महंगो राष्ट्रिय बीमा कम्पनीको बजार मूल्य यसै अविधमा प्रतिशेयर ७ हजार रुपैयाँ भन्दा धेरैले घट्यो।
यहि अवधिमा कम्पनीले ११४ प्रतिशत बोनस शेयर दियो। साथै १२० प्रतिशत बोनस शेयर घोषणा गरेको भए पनि नियामक निकायले अनुमति प्रदान नगर्दा दिन सकेन। यसले गर्दा कम्पनीको बजार मूल्य लगातार घटिरहेको छ।
कस्तो होला बीमा कम्पनीको बजार
बीमा समितिले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा तोकिएको चुक्ता पूँजी जुटाइसक्न निर्देशन दिइसकेको छ।
यसले गर्दा अहिले पूँजी जुटाउने कसरतमा रहेका बीमा कम्पनीको बजार मूल्य धेरै देखिएपनि विगतको अनुभवका आधारमा मूल्य समायोजन हुन क्रममा पनि यी कम्पनीको बजार मूल्यमा घट्न सक्छ।
समितिले नयाँ बीमा कम्पनीलार्इ अनुमति प्रदान गरेसँगै प्रिमियम संकलनमा बीमा कम्पनी केही एग्रेसिभ देखिए पनि पूँजी बृद्धिले प्रति शेयर आम्दानीमा भने पहिलाको भन्दा सुधार हुने अवस्था छैन।
चालु आर्थिक वर्ष तथा आगामी आर्थिक वर्षमा पनि व्यवसाय विस्तारमा यही अनुपातमा एग्रेसिभ देखिने हो भने प्रतिशेयर आम्दानी बढ्न सक्छ। यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा पर्नेछ।
जीवनको २५ करोड र निर्जीवनको १० करोड रुपैयाँ मात्रै पूँजी हुँदा शेयर सप्लाइ कम थियो। सप्लाइ कम हुँदा आकासिएको बजार मूल्य आगामी दिनमा सप्लाइको अनुपात विस्तारै बढ्नेछ।
यसले गर्दा बीमा कम्पनीको बजार मूल्य हिजोकै जस्तो आकासिने सम्भावना कम छ। साथै नयाँ बीमा कम्पनी बजारमा आउदा बीमा क्षेत्रको शेयर अझ थप हुनेछ। यसले गर्दा समग्र बीमाको सूचक पनि कम हुनेछ।
तीन वर्ष अगाडि सबैभन्दा महँगा पाँच निर्जीवन बीमा कम्पनीको बजार मूल्य चालु आर्थिक वर्षमा पाँच गुणाभन्दा धेरैले घटेको छ।
पूँजी जुटाइकेका बीमा कम्पनीको बजार मूल्य भारी अंकले गिरावट भएपनि पूँजी जुटाउन बाँकी बीमा कम्पनीको बजार मूल्य तुलनात्मक रुपमा माथि नै छ।
गत आर्थिक वर्षमा बीमा समितिले जीवन र निर्जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पूँजी बृद्धि गर्न निर्देशन दिएको थियो। समितिले जीवन बीमा कम्पनीका लागि २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीका लागि एक अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो।
समितिले पूँजी जुटाउन निर्देशन दिनुभन्दा अगाडि नै बीमा कम्पनीको बजार मूल्यले अधिकतम उचाइ लिइसकेको थियो। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालार्इ पूँजी बढाउन निर्देशन दिएसँगै बीमा कम्पनीहरुको पनि पूँजी बृद्धि योजना आउने भन्दै कम्पनीको बजार मूल्य आकासिएको थियो।
पूँजी बढाउन केही ब्लुचिप कम्पनीहरु बाहेक सबैले हकप्रदको बाटो रोजेका थिए। अझै पनि अधिकांश बीमा कम्पनीले तोकिएको पूँजी जुटाउन बाँकी छ।
पूँजी जुटाउन बाँकी भएतापनि दोस्रो बजारमा लगातार गिरावट आउँदा बीमा कम्पनीले पूँजी बृद्धि योजना सार्वजनिक गरेर कार्यान्वयन गर्ने क्रममा बजार भने घट्न थालिसकेको थियो।
नेप्से सूचक अधिकतम बिन्दु १८८१.४२ हुँदा बीमा समितिले पूँजी बृद्धि योजना सार्वजनिक गरेको थिएन। नेप्से सूचक अधिकतम बिन्दु २०७३ साउनमा कायम भएको थियो तर बीमा समितिले पूँजी बृद्धि योजना भने २०७३ चैत्रमा सार्वजनिक गरेको थियो।
दोस्रो बजारमा जीवन बीमा कम्पनीको अवस्था
जीवन बीमा कम्पनी
|
2073/74
|
2074/75
|
2075/76
| |||
अधिकतम
|
न्यूनतम
|
अधिकतम
|
न्यूनतम
|
अधिकतम
|
न्यूनतम
| |
नेप्से सूचक
|
1881.45
|
1252.5
|
1667.94
|
1168.55
|
1224.41
|
1163.94
|
नेपाल लाइफ इन्स्योरेन्स
|
4020
|
2090
|
2236
|
1545
|
1042
|
910
|
नेशनल लाइफ इन्स्योरेन्स
|
3580
|
1599
|
2040
|
1010
|
1215
|
710
|
लाइफ इन्स्योरेन्स कर्पोरेसन
|
3500
|
1805
|
2416
|
1480
|
1615
|
1570
|
प्राइम लाइफ इन्स्योरेन्स
|
2357
|
1170
|
2695
|
512
|
570
|
507
|
एशियन लाइफ इन्स्योरेन्स
|
1840
|
956
|
1600
|
570
|
667
|
600
|
गुराँस लाइफ इन्स्योरेन्स
|
981
|
480
|
1169
|
621
|
912
|
800
|
सूर्या लाइफ इन्स्योरेन्स
|
952
|
440
|
1165
|
617
|
593
|
532
|
पूँजी बृद्धि योजना ल्याउँदा बीमा कम्पनीको बजार मूल्य झण्डै आधाले घटिसकेको थियो। बैंक तथा वित्तीय संस्थाको पूँजी बृद्धि योजनाले दोस्रो बजारमा आपुर्ति बढ्दै जाँदा बजार घट्न थालिसकेको थियो। साथै बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले ह्वात्तै बढेको ब्याज दरको प्रभाव शेयर बजारमा प्रत्यक्ष देखिएको थियो।
अघिल्लो दुर्इ वर्षको अवधिमा नेपाल लाइफले क्रमश: २४ र ४२ प्रतिशत बोनस शेयर दियो। त्यस्तै बाँकी जीवन बीमा कम्पनीहरुको पनि यस्तै अवस्था रहेको देखिन्छ। बोनस शेयर दिन नसकेका गुराँस, सूर्या, प्राइम, एशियन लाइफ इनस्योरेन्सले हकप्रद निष्काशन गरेका छन्।
यी कम्पनीमध्ये सूर्या, एशियन र गुराँस लाइफका लगानीकर्ता अन्य कम्पनीको शेयरधनी अहिलेसम्मको अवस्थामा नाफामा छन्।
बीमा समितिले तोकेको पूँजी जुटाउने क्रममै रहेको हुँदा यी कम्पनीको बजार मूल्य भारी अंकले घटेको भने छैन।
तीन आर्थिक वर्षमा जीवन बीमा कम्पनीले प्रदान गरेको हकप्रद र बोनस शेयर
जीवन बीमा कम्पनी
|
2071/72
|
2072/73
|
2073/74
| |||
बोनस
|
हकप्रद
|
बोनस
|
हकप्रद
|
बोनस
|
हकप्रद
| |
नेपाल लाइफ इन्स्योरेन्स
|
25
|
25
|
42
| |||
नेशनल लाइफ इन्स्योरेन्स
|
30
|
0
|
25
|
0
|
0
|
60
|
लाइफ इन्स्योरेन्स कर्पोरेसन
|
25
|
0
|
24.8
|
0
|
36
|
0
|
प्राइम लाइफ इन्स्योरेन्स
|
0
|
0
|
25
|
160
|
12.5
|
0
|
एशियन लाइफ इन्स्योरेन्स
|
20
|
20
|
4
|
50
| ||
गुराँस लाइफ इन्स्योरेन्स
|
10
|
0
|
8
|
0
|
0
|
50
|
सूर्या लाइफ इन्स्योरेन्स
|
5
|
25
|
10
|
40
|
12
|
0
|
शिखर इन्स्योरेन्स कम्पनी
शेयर बजारमा १५ वटा निर्जीवन बीमा कम्पनी सूचीकृत छन्। शेयर बजार सबैभन्दा अधिकतम विन्दुमा हुँदा शिखर इन्स्योरेन्सको बजार मूल्य ३७ सय ९६ रुपैयाँ थियो।
चालु आर्थिक वर्षमा अधिकतम सूचक भएको दिनमा पनि ९७९ रुपैयाँमा कारोबार भयो। यस अवधिमा कम्पनीले प्रदान गरेको लाभांश हिसाव गर्ने हो भने लगानीकर्ता लगभग ५० प्रतिशतले नोक्सानमा छन्।
प्रिमियर इन्स्योरेन्स कम्पनी
शेयर बजार अधिकतम बिन्दुमा हुँदा प्रिमियर इन्स्योरेन्सको बजार मूल्य २५३० रुपैयाँ थियो। त्यसयता सूचक तलमाथि हुने क्रममा सबैभन्दा कम ७१० रुपैयाँमा कारोबार भयो।
साथै चालु आर्थिक वर्षमा प्रिमियरको सबैभन्दा धेरै ११७० र न्यूनतम ९९३ रुपैयाँमा कारोबार भयो। साथै दुर्इ वर्षको अवधिमा २० र १३.५२ प्रतिशत बोनस शेयर प्राप्त गरेका थिए।
दोस्रो बजारमा निर्जीवन बीमा कम्पनी
निर्जीवन बीमा कम्पनी
|
2073/74
|
2074/75
|
2075/76
| |||
अधिकतम
|
न्यूनतम
|
अधिकतम
|
न्यूनतम
|
अधिकतम
|
न्यूनतम
| |
नेप्से सूचक
|
1881.45
|
1252.5
|
1667.94
|
1168.55
|
1224.41
|
1163.94
|
शिखर इन्स्योरेन्स
|
3796
|
1530
|
3796
|
890
|
979
|
893
|
प्रिमियर इन्स्योरेन्स
|
2530
|
960
|
1850
|
710
|
1170
|
993
|
सिद्धार्थ इन्स्योरेन्स
|
2516
|
859
|
1616
|
728
|
720
|
640
|
सगरमाथा इन्स्योरेन्स
|
2467
|
777
|
1770
|
728
|
1342
|
1295
|
एनएलजी इन्स्योरेन्स
|
2220
|
854
|
1625
|
729
|
906
|
816
|
राष्ट्रिय बीमा कम्पनी
|
15200
|
11000
|
17800
|
8475
|
11299
|
10100
|
सिद्धार्थ इन्स्योरेन्स कम्पनी
शेयर बजार सबैभन्दा धेरै उच्च विन्दु कायम भएका दिनमा सिद्धार्थको बजार मूल्य २५१६ रुपैयाँ थियो। त्यसपछिको उतारचढावका बीचमा न्यूनतम ६४० रुपैयाँसम्ममा कारोबार भयो।
यसै अवधिमा बोनस शेयर क्रमश २० र ३० प्रतिशत बोनसकासाथै हकप्रद शेयर क्रमश १९.२३ र ३५ प्रतिशत प्रदान गरेको थियो।
बीमा समितिले तोकेको पूँजी लगभग जुटाएका बीमा कम्पनीका शेयरधनी अहिलेको अवस्थामा घाटामा छन्। तर अझै पूँजी जुटाउने क्रममा रहेका बीमा कम्पनीका शेयरधनी अहिले पनि नाफामै रहेका छन्।
सगरमाथा इन्स्योरेन्स
शेयर बजार सबैभन्दा उच्च विन्दुमा रहेको दिनमा सगरमाथाको बजार मूल्य २४७६ रुपैयाँ थियो। त्यसै वर्ष बजार घटेर १२५२ मा झर्दा कम्पनीको मूल्य ७७७ रुपैयाँसम्म झर्यो। चालु आर्थिक वर्षमा सबै भन्दा अधिकतम सूचक हुँदाका दिनमा कम्पनीको बजार मूल्य १३४२ रुपैयाँ रहेको छ।
यसै अवधिमा कम्पनीले २२ प्रतिशत बोनस शेयर प्रदान गरेको छ। बीमा समितिले तोकेको चुक्ता पूँजीकालागि बोनस शेयरको बाटो रोज्ने बताउँदै आएको कम्पनीको बजार मूल्य अन्य कम्पनीको भन्दा तल झरेको छैन।
एनएलजी इन्स्योरेन्स कम्पनी
शेयर बजार सबैभन्दा उच्च विन्दुमा रहेको बेलामा २२ सय २० रुपैयाँ थियो। चालु आर्थिक वर्षमा सबैभन्दा कम सूचक भएका दिनमा ८ सय १६ रुपैयाँसम्म झर्यो। यसै अवधिमा कम्पनीले दुर्इ पटक नै २५/२५ प्रतिशतका दरले बोनस शेयर प्रदान गरेको छ। बोनस शेयर पाउदा पनि कम्पनीका शेयरधनी लगभग ४५ प्रतिशतले घाटामा छन्।
राष्ट्रिय बीमा कम्पनी
बीमा कम्पनीहरुमध्ये सबैभन्दा महंगो राष्ट्रिय बीमा कम्पनीको बजार मूल्य यसै अविधमा प्रतिशेयर ७ हजार रुपैयाँ भन्दा धेरैले घट्यो।
यहि अवधिमा कम्पनीले ११४ प्रतिशत बोनस शेयर दियो। साथै १२० प्रतिशत बोनस शेयर घोषणा गरेको भए पनि नियामक निकायले अनुमति प्रदान नगर्दा दिन सकेन। यसले गर्दा कम्पनीको बजार मूल्य लगातार घटिरहेको छ।
कस्तो होला बीमा कम्पनीको बजार
बीमा समितिले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा तोकिएको चुक्ता पूँजी जुटाइसक्न निर्देशन दिइसकेको छ।
यसले गर्दा अहिले पूँजी जुटाउने कसरतमा रहेका बीमा कम्पनीको बजार मूल्य धेरै देखिएपनि विगतको अनुभवका आधारमा मूल्य समायोजन हुन क्रममा पनि यी कम्पनीको बजार मूल्यमा घट्न सक्छ।
निर्जीवन बीमा कम्पनीले प्रदान गरेको बोनस र हकप्रद शेयर
निर्जीवन बीमा कम्पनी
|
2071/72
|
2072/73
|
2073/74
| |||
बोनस
|
हकप्रद
|
बोनस
|
हकप्रद
|
बोनस
|
हकप्रद
| |
शिखर इन्स्योरेन्स
|
24
|
0
|
60
|
0
|
29
|
0
|
प्रिमियर इन्स्योरेन्स
|
30
|
115
|
20
|
0
|
13.52
|
0
|
सिद्धार्थ इन्स्योरेन्स
|
20
|
19.23
|
30
|
35
|
20
|
0
|
सगरमाथा इन्स्योरेन्स
|
23.75
|
0
|
22
|
0
|
0
|
0
|
एनएलजी इन्स्योरेन्स
|
20
|
0
|
25
|
0
|
25
|
0
|
राष्ट्रिय बीमा कम्पनी
|
0
|
0
|
114.27
|
0
|
120
|
0
|
समितिले नयाँ बीमा कम्पनीलार्इ अनुमति प्रदान गरेसँगै प्रिमियम संकलनमा बीमा कम्पनी केही एग्रेसिभ देखिए पनि पूँजी बृद्धिले प्रति शेयर आम्दानीमा भने पहिलाको भन्दा सुधार हुने अवस्था छैन।
चालु आर्थिक वर्ष तथा आगामी आर्थिक वर्षमा पनि व्यवसाय विस्तारमा यही अनुपातमा एग्रेसिभ देखिने हो भने प्रतिशेयर आम्दानी बढ्न सक्छ। यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा पर्नेछ।
जीवनको २५ करोड र निर्जीवनको १० करोड रुपैयाँ मात्रै पूँजी हुँदा शेयर सप्लाइ कम थियो। सप्लाइ कम हुँदा आकासिएको बजार मूल्य आगामी दिनमा सप्लाइको अनुपात विस्तारै बढ्नेछ।
यसले गर्दा बीमा कम्पनीको बजार मूल्य हिजोकै जस्तो आकासिने सम्भावना कम छ। साथै नयाँ बीमा कम्पनी बजारमा आउदा बीमा क्षेत्रको शेयर अझ थप हुनेछ। यसले गर्दा समग्र बीमाको सूचक पनि कम हुनेछ।
Comments
Post a Comment